Ek Sarko Maya (एक सर्को माया)
18%

Ek Sarko Maya (एक सर्को माया)

By: G.S. Poudel
Publisher : Bulbul Publication
यो उपन्यास रोजगारीका लागि माल्दिभ्स पुगेको एउटा त्यो नेपाली युवकको कथा हो जो अञ्जानमै कुलतमा फस्दछ र आफू कुलतमा फसेको थाहा पाएर पनि बाहिर आउन सफल हुँदैन । कुलतकै बीच त्यहाँकी एउटी सुन्दरी मोडेलसंगको उसको प्रेम, प्रेम र नसाबीचको उसको मानसिक संघर्ष र अन्त्यमा उसले र पाठकले एकसाथ अनुभूत गर्ने मृग मरिचिका नै “एक सर्को प्रेम” को सार हो । पछिल्लो समय नेपाली साहित्यमा प्रकाशित भइरहेका एकै खालका उपन्यासहरु भन्दा पृथक कथावस्तु र लेखनशैली छ यो उपन्यासमा । हालुसिनेसनको डरलाग्दो उदाहरण प्रस्तुत भएको जिएस पौडेलको ४५० पृष्ठ लामो यो उपन्यास पढिसक्दा पाठकले एउटा फरक संसारको यात्रा गरिसक्छ । धुवाँको लामो सर्को मात्रै नभई प्रेमको सर्कोसंगै अघि बढेको कथामा केही उपकथाहरु आएर जोडिएका छन् र पुस्तकलाई थप रोमाञ्चक बनाएका छन् । विल्कुलै नयाँ लेखक हुन् जिएस पौडेल उपन्यासको दुनियाँमा । तर यिनको लेखनीमा प्रयोग भएको भाषा र शैलीले मलाई खूब प्रभावित गरेको छ । लामो समयदेखि माल्दिभ्स बस्दै आएका जिएस पौडेलले राउधा आतीफ (मालिदभियन मोडेल) को सौन्दर्यमाथि गरेको फेन्टासीपूर्ण प्रेमकथामा आधारित यो उपन्यास लोकप्रिय मात्रै हैन, लामो समयसम्म नेपाली उपन्यासका पारखीहरुले पढिरहने उपन्यास हुनेमा म विश्वस्त छु । शुभकामना लेखक र बुलबुल पब्लिकेशनलाई Ek Sarko Maya को लागि । – वरिष्ठ रेडियो कर्मी अच्युत घिमिरे बुलबुल
Price: Rs. 615 Rs. 750
Save Upto Rs 135
Quantity:

About the Book

हरेक कथाभित्र दुइवटा कथाहरु हुन्छन। एउटा कथा, जो कागजको सेतो पृष्ठमाथी मसिको कालो रङ्मा बगिरहेको हुन्छ र अर्को कथा, जो मसिको पृष्ठमाथी कागजको सेतो रङ्मा तैरिरहेको हुन्छ। एउटा कथा जो, आवाज बनेर निस्कन्छ र अर्को कथा आवाजहरुको बीचमा निस्कने सास बनेर निस्कन्छ। जस्तो कि एउटा मान्छेले उसको सचेतन जिन्दगी पनि बाँचिरहेका हुन्छ र अवचेतन जिन्दकी पनि। "एक सर्को माया" पनि एक तेस्तै परिवेसमा लेखिएको नितान्त नौलो प्रयोग हो। जसमा मानिसको दिमाग जुन ब्रमाण्डको जटिल भन्दा पनि जटिल सृजना हो। यसैको भित्री संसारमा रुमल्लिएको छ। कथामा पात्रहरु येसरी जेलिन्छन कि वास्तबिकता र भ्रम एक अर्कोलाई अंगालो मार्न पुग्दछन।

Related Products

View All
The Official Cambridge Guide to IELTS
5%

The Official Cambridge Guide to IELTS

Rs. 1,254 Rs. 1,320
Save Upto Rs 66
GURKHA
10%

GURKHA

Rs. 863 Rs. 958
Save Upto Rs 95
Maharani  | महारानी

Maharani | महारानी

Rs. 555
Mera Publications Daring to Dream: Sherpa Women Climbing K2

Mera Publications Daring to Dream: Sherpa Women Climbing K2

Rs. 990
Damini Bhir | दमिनी भीर

Damini Bhir | दमिनी भीर

Rs. 550
Atomic Habits
15%

Atomic Habits

Rs. 408 Rs. 480
Save Upto Rs 72