छालबाटाेः कैलाशदेखि गंगासम्म
15%
gallery
product
gallery

छालबाटाेः कैलाशदेखि गंगासम्म

By: Ramesh Bhusal
Publisher : Fine Print
तीन देश । दुई हजार किलोमिटर । ४५ दिन । अनि काठमाडौंदेखि कैलाश मानसरोवर हुँदै तिब्बतस्थित कर्नाली नदीको उद्गमदेखि भारतको गङ्गासम्मको यात्रा । त्यो पनि हिँडेर-गुडेर-बगेर गरिएको । हो, त्यही यात्राको अनुभूति हो, छालबाटो ।
Price: Rs. 672 Rs. 790
Save Upto Rs 118
Quantity:

About the Book

तीन देश । दुई हजार किलोमिटर । ४५ दिन । अनि काठमाडौंदेखि कैलाश मानसरोवर हुँदै तिब्बतस्थित कर्नाली नदीको उद्गमदेखि भारतको गङ्गासम्मको यात्रा । त्यो पनि हिँडेर-गुडेर-बगेर गरिएको । हो, त्यही यात्राको अनुभूति हो, छालबाटो । तर यो पारम्परिक यात्रावृत्तान्तभन्दा पनि यात्रा गरिएका ठाउँको समाजशास्त्रीय अवलोकन हो, जहाँ जलवायुदेखि जङ्गलसम्म, बाँधदेखि बाघसम्म, दलाई लामादेखि दबिएका समुदायसम्मका सन्दर्भ अटाएका छन् । र अटाएका छन्, एकातिर दुःखको पहाड बोकेर बसेका मानिस, अर्कोतिर विकासको भोक; नदी जोगाएर अन्य तरिकाले जीवनस्तर उकासौं भन्ने एउटा विचार अनि दुःख हटाउने औषधि नै जलविद्युत् हो भन्ने अर्को विश्वास र बीचमा रनभुल्लमा परेका स्थानीय; झुटको खेतीमा मस्त नेता; रसुवागढीको रेल सपना; कैलाश पर्वतको सेरोफेरो; तिब्बतमा रमाइरहेका मिङ्मार; हिल्सामा होमिएकी पेमा; भारीले थिचिएका धनवीर; छालबाटो कुदिरहेका काङ्ग्री; डुङ्गामा रम्ने मेघ; बर्दियामा बढेका बाघ; घाघराले उठीबास गराएका समुदायको पीडा र बनारस हुँदै बग्ने दुर्गन्धित गङ्गा । बिरलै गरिने यात्रालाई विषयगत विविधताको धागोले फरक शैलीमा उनिएको यो बिरलाकोटी पुस्तक हो ।

 

Related Products

View All
Blue Mimosa
10%

Blue Mimosa

Rs. 225 Rs. 250
Save Upto Rs 25
Yogmaya (योगमाया)
15%

Yogmaya (योगमाया)

Rs. 676 Rs. 795
Save Upto Rs 119
Jiwan Kada Ki Phool (जीवन काँडा कि फूल)
10%

Jiwan Kada Ki Phool (जीवन काँडा कि फूल)

Rs. 383 Rs. 425
Save Upto Rs 42
Damini Bhir | दमिनी भीर

Damini Bhir | दमिनी भीर

Rs. 550
Khusi (खुसी)
15%

Khusi (खुसी)

Rs. 447 Rs. 525
Save Upto Rs 78
Ek Haatko Taali  | एक हातको ताली

Ek Haatko Taali | एक हातको ताली

Rs. 455